हिमालयन एभरेष्ट र मेटलाइफ नेपालले जिते इन्स्योरेन्स एसिया अवार्डकाे उपाधि

409 Shares

काठमाडौं । इन्स्योरेन्स एसिया अवार्डको दसौँ संस्करणमा नेपालका तर्फबाट हिमालयन एभरेष्ट इन्स्योरेन्स र मेटलाइफ नेपालले उपाधि जितेका छन् ।

सिंगापुरमा असार ३० गते सम्पन्न कार्यक्रममा हिमालयन एभरेष्टले ‘डोमेस्टिक जनरल इन्स्योरर अफ दि इयर’ र ‘इन्स्योरेन्स प्रोडक्ट इन्नोभेसन अफ दि इयर’ अवार्ड हात पार्न सफल भएको हो। यस्तै  मेटलाइफ नेपालले भने ‘सोसल मिडिया इनिसिएटिभ अफ दि इयर’ अवार्ड हात पारेको छ।

नेपालबाट इन्स्योरेन्स एसिया अवार्ड हात पार्ने यी दुई बीमक मात्रै हुन् । बीमकको नेतृत्व, नवीनता र विशेषज्ञतालाई मान्यता दिँदै विभिन्न विधा दर्जनौँ बीमा कम्पनीहरुलाई अवार्ड प्रदान गरिएको छ। कार्यक्रममा २०० जनाभन्दा बढी बीमा कम्पनीका नेतृत्वहरुको सहभागिता थियो ।