२०८२ साल आषाढ ३२ गते बुधबारः यस्ताे छ आजकाे राशिफल

303 Shares

काठमाडौं । २०८२ साल आषाढ ३२ गते बुधबार, तदनुसार १६ जुलाइ २०२५ । षष्ठी तिथी ३७ घडी १८ पला उप्रान्त सप्तमी तिथी प्रारम्भ  हुनेछ । पूर्वभाद्र नक्षत्र १ घडी ५२ पला उप्रान्त उतरभाद्र प्रारम्भ हुनेछ । शोभन योग गर करण आज बिहान सूर्योदय ५ः१९ मा भयो भने सूर्यास्त ६:५९ मिनेटमा हुनेछ । आज बुधबार चन्द्रमा मीन राशिमा ।

मेष राशि 
अध्ययन अध्यापनमा सफलता मिल्नेछ। नयाँ साथीको आगमनले काममा उत्साह बढेर जाने देखिन्छ । मानसम्मान पाइने योग रहेको छ। सामाजिक कार्यमा समय व्यतीत हुनाले मनमा खुसी छाउनेछ।

वृष राशि 
बाेलीको प्रभाव बढेर जानेछ । शेयर कारोबारबाट राम्रै आम्दानीमा गर्न सकिने देखिन्छ । लेखन शैलीमा तीव्रता आउने छ । आकस्मिकरुपमा धनलाभ मिल्नाले मनमा खुशी छाउनेछ।

मिथुन राशि 
अनावश्यकरूपमा वादविवादको सामना गर्नुपर्नेछ। संचित धनको नाश हुनाका साथ साथै धनमालसमेत  हराउन सक्ने सम्भावना बढेर गएको देखिन्छ।

कर्कट राशि 
दुःखजन्य पदार्थबाट राम्रै आम्दानी गर्न सकिनेछ। जग्गा जमिनबाट प्रशस्तै लाभ लिन सकिनेछ। सौन्दर्यमा समय व्यतित हुने योग रहेको छ। पशु तथा चौपायाबाट मनग्य धनलाभ लिन सकिनेछ ।

सिंह राशि 
दाजुभाइमा पैत्रिक सम्पत्तिको विषयमा वादविवाद बढेर जानेछ। वैदेशिक कार्यबाट केही घाटा हुने देखिन्छ । स्वास्थ्यमा आएको परिवर्तनले मानसिकरुपमा विवाद सिर्जना हुने देखिन्छ ।

कन्या राशि 
बोलीको प्रभाव बढेर जानेछ । मानसम्मानमा वृद्धि भएर जानेछ। प्रेमीप्रेमिकाबीच माधुर्यता छाउनेछ। लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउनाले सबैको प्यारो बनिनेछ ।

तुला राशि 
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ । बोलीमा कठोरता आउनेछ। वैदेशिक कार्यबाट घाटा हुने योग छ। व्यापार व्यवसायमा आएको अस्थिरताले मानसिक तनाव बढेर जानेछ। 

वृश्चिक राशि 
गरिरहेको काममा बाधा आउने छ। अनावश्यकरूपमा परिवारमा विवाद बढेर जाने देखिन्छ । आफन्तमा बहिरभाव आउनका साथ साथै शैक्षिक कार्यमा आएको कमीले चिन्ता बढेर जाने देखिन्छ ।

धनु राशि 
व्यापार व्यवसायमा सफलता मिल्नेछ । पैत्रिक सम्पत्ति वृद्धि भएर जानेछ। धार्मिक कार्यमा सहभागी हुने योग रहेको छ। काममा प्राप्त सफलताले मनमा उत्साह बढेर जाने देखिन्छ ।

मकर राशि 
सवारी साधनबाट जोगिनुपर्नेछ। बोलीमा कठोरता आउने देखिन्छ । स्वास्थ्यसम्बन्धी समस्याले सताउनेछ । विश्वास गरेका साथी भाइले घात गर्नाले मनमा चिन्ता बढेर जाने देखिन्छ l

कुम्भ राशि 
साथीभाइमा अनावश्यक विवाद बढेर जानेछ । झुटा आरोपको सामना गर्नुपर्नेछ। स्वास्थ्यसम्बन्धी समस्याले सताउने हुँदा खानपानमा विचार पुर्याउनु होला । सामाजिक कार्यमा बाधा आउनेछ। 

मीन राशि 
धार्मिक कार्यमा सहभागी भइनेछ। पैत्रिक धन वृद्धि भएर जानेछ। लामो समयदेखि रोकिएका कामहरू पूरा भएर जानेछन् । वैदिक कार्यमा सहभागी हुनाले मनमा उत्साह बढेर जानेछ।