काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले अहिले लोकतन्त्र र गणतन्त्रको युग भएको बताउनुभएको छ।
आइतबार शितल निवासमा आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आजको युगमा सरकारले सबै नेपालीलाई समानरुपमा न्याय दिनुपर्ने बताउनु भयो ।
राज्यका श्रोत तथा साधनमा सबैलाई पहुँच दिनुपर्ने बताउँदै उहाँले रामायणले नेपालमा पठन संस्कृतिसमेत निर्माण गरेको बताउनुभयाे ।
उहाँले भानुभक्तका काव्यकृतिले नेपाली समाजमा भावनात्मक एकताको सन्देश प्रवाहित गरेका उल्लेख गर्नुभयो । भानुभक्त नेपाली भाषाका कवि मात्र नभएर मातृभाषालाई माया गर्ने सबैका साझा कवि भएको बताउँदै राष्ट्रपति पौडेलले साझा नेपाली संस्कृतिलाई बलियो बनाउन सक्नुपर्ने बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया