काठमाडौँ। सङ्घीय संसद्का दुवै सदनकाे बैठक आज बस्दैछन् । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने कार्यक्रम रहेको छ।
प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु हुनेछ। बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले राष्ट्रियसभाबाट उत्पत्ति भएको ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।
त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक’ मा राष्ट्रियसभाबाट गरिएका संशोधनहरूबारे विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
त्यसैगरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति, युवा तथा खेलकुद र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिने कार्यक्रम छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया