स्थानीय तहमा एमालेले सत्ता गठबन्धनको न्युनतम शिष्टाचार पनि पालना गरेनः सांसद निधी

327 Shares

काठमाडाैँ । नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधीले स्थानीय तहमा नेकपा एमालेले सत्ता गठबन्धनको न्युनतम शिष्टाचार पनि पालना नगरेको आरोप लगाउनुभएको छ।

जनकपुरमा शनिबार पार्टीका नेता, कार्यकर्ताहरुसँगको भेटका क्रममा उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले नेपाली काँग्रेस सहमति र सामुहिक अभियानको लागि सधैँ तयार रहेको तर एमाले भने सहमति र सामुहिक अभियानमा जोडिन नखोजेको बताउनु भयो । 

एमालेले नगरपालिकाको बजेट ल्याउन समस्या सिर्जना गरिरहेको उहाँको आरोप छ । मेयरको अधिकार कटौती गर्ने गरी कार्यविधि बनाउन दिने भन्दै कतिपय नगरपालिकाहरुमा अवरोध गरेको आरोप लगाउनु भयो ।

सांसद निधीले राजनीतिक प्रतिशोधका कारण नेताहरु एउटाले ल्याएका योजनाहरु ल्याउन नदिने वा अवरोध गर्ने काममा लागेको आरोप लगाउनु भयो ।