यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

289 Shares

काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले जनताका पीडा र वेदनालाई सम्बोधन गर्न नसकेको बताउनुभएको छ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले देशको राजनीतिक अवस्था हेर्दा सरकारले मुलुकलाई राम्रोसँग हाँक्न नसकेको बताउनु भयो । 

सरकारले जनभावनालाई बुझ्न र जनचाहनाको सम्मान गर्न नसकेको बताउँदै उहाँले यो सरकारले जनताको विश्वास पनि जित्न नसक्ने र जनचाहना बमोजिम परिणाम दिने कुनै पनि अवस्था नरहेको बताउनु भयो । 

वर्तमान सरकार जनमुखी नभइ जनविरोधी, सुशासनको नभइ कुशासनको पक्षपोषक रहेको आरोप लगाउनु भयो । त्यसैले यो सरकारलाई साथ दिन नसकिने उहाँको स्पष्टीकरण छ । वर्तमान सरकारको पतन अनिवार्य रहेको र समय मात्रै पर्खिनुपर्ने बताउनु भयो । अध्यक्ष नेपालले देशमा आर्थिक मन्दी, बेरोजगारी बढिरहेको बताउनु भयो ।