सुदूरपश्चिम प्रदेशका वनमन्त्री रामेश्वर चौधरी बर्खास्त

365 Shares

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरी पदमुक्त भएका छन्। मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार मन्त्री चौधरीलाई बर्खास्त गरेका हुन्।

मुख्यमन्त्री शाहका अनुसार मन्त्रिपरिषद् पुनर्गठनका क्रममा चौधरीलाई हटाइएको हो। अब मन्त्रिपरिषद्को संख्या १० बाट घटेर ९ मा सीमित भएको छ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट प्रतिनिधित्व गर्ने चौधरीमाथि कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै मुख्यमन्त्रीले केही समयअघि नै राजीनामा दिन दबाब दिएका थिए। तर चौधरीले राजीनामा दिन अस्वीकार गरेपछि उनलाई पदबाट हटाइएको हो ।