काठमाडाैं । २०८२ साल आषाढ १७ मंगलबार तदनुसार १ जुलाइ २०२५ । षष्ठी तिथी १८ घडी ८ पला उप्रान्त सप्तमी तिथी प्रारम्भ हुनेछ । पूर्वफाल्गुणी नक्षत्र १६ घडी ५ पला उप्रान्त उत्तर फाल्गुणी प्रारम्भ हुनेछ । ब्यतिपात योग गर करण आज बिहान सूर्योदय ५ः१३ मा भयो भने सूर्यास्त ७:२ मिनेटमा हुनेछ । आज मंगलबार चन्द्रमा सिंह राशिमा
मेष राशि
कुरा काट्नेहरू सक्रिय रहनेछन् । बोलीमा कठोरता आउने देखिन्छ। अनावश्यक विवाद बढेर जानेछ। पतिपत्नीबीच कलह बढेर जानेछ। शत्रु पक्षबाट जोगिनुपर्ने देखिन्छ। सजग रहनुहोला।
वृष राशि
शैक्षिक कार्यमा सफलता मिल्नेछ । धर्मकर्मतर्फ मन जानेछ। कार्यमा भएको लगनशीलताले ठूला व्यक्तिको प्रशंसनीय भइनेछ। प्रेमीप्रेमीकाबीच माधुर्यता छाउने छ । यात्राको अवसर जुट्नेछ।
मिथुन राशि
व्यापार व्यवसायमा सफलता प्राप्त हुनेछ । अनावश्यक विवादको अन्त्य भएर जाने देखिन्छ ।भोजभतेरमा सहभागी हुने अवसर मिल्नेछ। नयाँ कार्यको थालनी हुनाले मनमा खुसी छाउनेछ।
कर्कट राशि
अनावश्यक विवादको सामना गर्नुपर्नेछ । पतिपत्नीबीच सम्बन्धमा उतारचढाव आउनेछ। धनमाल हराउन सक्ने सम्भावना बढ्नुका साथै सञ्चित धनको नाश हुने देखिन्छ।
सिंह राशि
अधुरा काम पूरा भएर जानेछन् । व्यवसायमा सफलता पाइने योग छ। आकस्मिकरुपमा धन लाभ मिल्ने योग छ। पारिवारिक सरसहयोगले गरिरहेको काममा सफलता मिल्ने देखिन्छ।
कन्या राशि
न्यायिक कार्यमा बाधा आउनेछ । आँखासम्बन्धी समस्याले सताउनेछ। सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ । सामाजिक कार्यमा बाधा हुनाले मानसिक तनाव बढेर जानेछ। धनमाल हराउने योग छ।
तुला राशि
पराक्रम बढेर जानेछ । लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ। सामाजिक काममा जिम्मेवार बनिनेछ। पारिवारिक सरसहयोगले गर्दा नयाँ कार्यको थालनी हुनाले मनमा उत्साह बढेर जाने देखिन्छ।
वृश्चिक राशि
झुट्टा आरोपको सामना गर्नुपर्नेछ । अध्ययन अध्यापनमा बाधा हुनाले मनमा चिन्ता बढेर जाने देखिन्छ । पारिवारिक समस्याले सताउनुका साथै कुरा काट्नेहरु समेत सक्रिय रहनेछन्।
धनु राशि
मातृ स्वास्थ्यमा शिथिलता हुनेछ । जागिरमा अपजसको सामना गर्नुपर्ने देखिन्छ । आफन्तबाट धोका हुनुका साथै वैदेशिक कार्यबाट समेत मानसिक तनाव सिर्जना हुनाले मनमा चिन्ता बढेर जानेछ।
मकर राशि
बोलीको प्रभाव बढेर जानेछ। पारिवारिक सहयोगले कार्यमा थप जिम्मेवारी पाइने छ । शैक्षिक कार्यमा सफलता मिल्ने देखिन्छ । सजकताका साथ अगाडि बढ्नु हाेला।
कुम्भ राशि
दाम्पत्य जीवनमा खुसियाली छाउनेछ । सामाजिक कार्यमा समय व्यतित हुनाले सबैको प्यारो बनिनेछ। पैत्रिक सम्पत्तिमा वृद्धि भएर जानुका साथै धार्मिक क्षेत्रको भ्रमण गरिनेछ।
मीन राशि
बोलीमा आएको कठोरताले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना बढेर गएको देखिन्छ । अर्काले गरेका गल्तीको पनि आफूले सजाय भोग्नुपर्ने योग छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया