आज चार वटा संसदीय समितिको बैठक बस्दै

277 Shares

काठमाडौं । संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिका बैठक बस्दैछन् । 

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने सांसदहरूसँग छलफल हुँदैछ । 

बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । यता शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।  बैठक बिहान साढे ८ बजे सुरु हुनेछ । 

यस्तै  विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि  दफावार छलफल हुँदैछ । बैठक बिहान ११ बजे बस्नेछ । 

संसदीय सुनुवाइ समिति (संयुक्त)को बैठक पनि आजै बस्दैछ । बैठकमा सर्वोच्च अदालतका सुनुवाइ हुन बाँकी प्रस्तावित न्यायाधीश र न्याय परिषद् सदस्यको सुनुवाइ गर्ने कार्यसूची छ ।  । बैठक बिहान ८ बजेका लागि बोलाइएको छ ।