नेपाल प्रहरीसम्बन्धी कानून यसै अधिवेशनमा प्रश्तुत गर्नुपर्छः गृहमन्त्री

284 Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीसम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक छिटो टुंग्याउने गरी समितिले काम गर्नुपर्नेमा जोड दिनुभएको छ। 

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।आइतबारको समितिको बैठकमा  नेपाल प्रहरीसम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रश्ताव दर्ता गराउनुहुने सदस्यहरुसँग छलफल भएको थियो । जसमा यो देशको सबैभन्दा पुरानो मध्येको कानून भएको बताउनु भयो । चाँडोभन्दा चाँडो यसै अधिवेशनमा प्रश्तुत गर्नेगरी विधेयक अघि बढाउन आग्रह गर्नुभयो ।

गृहमन्त्री लेखकले प्रहरीका जवानहरुलाई तल्लोस्तरका नभनिकन आधारभूत तहका भन्नुपर्ने प्रश्ताव विधेयकमा गरिएको बताउनु भयो । सरकार कानून राम्रो बनाएर निष्कर्षमा पुर्याउन तत्पर रहेको बताउनु भयो ।