नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारितः आमाको नामबाट नागरिकता पाउने बाटो खुल्यो

323 Shares

काठमाडौँ ।  प्रतिनिधि सभाबाट नेपाल नागरिकता (दोस्रो संशोधन विधेयक, २०८२ पारित भएको छ । 

सभाको शनिबारको बैठकले उक्त विधेयक बहुमतले पारित गरेको हो । उक्त विधेयक पारित भएसँगै एकल आमाका सन्तानले आमाको नामबाटै नागरिकता पाउने बाटो खुलेको छ । विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री रमेश लेखकले नागरिकताको विषयमा संविधान, कानून र सरकारको धारणा स्पष्ट रहेको बताउनु भयो । 

नागरिकता पाउनुपर्ने नागरिक नागरिकताविहीन नरहोस् र पाउन नपर्ने व्यक्तिले नागरिकता नपाओस् भन्ने विषयमा सरकार गम्भिर रहेको बताउनु भयो । उहाँले संविधानले गैरआवासीय नेपाली नागरिकलाई पनि नागरिकता प्रदान गर्ने व्यवस्था गरेको उल्लेख गर्दै त्यसका लागि छुट्टै कानून निर्माणको तयारीमा सरकार जुटेको पनि बताउनु भयो । 

नागरिकताको विषयमा रहेका विवाद र समस्या समाधान गर्नको लागि सरकारले नागरिकता विधेयक संशोधन गरेको हो ।