महकाली सन्धी कार्यान्वयन गर्दै पञ्चेश्वर परियोजना निकट भविष्यमै अघि बढाउँछुः प्रधानमन्त्री

314 Shares

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार अहिले पनि महाकाली परियोजनासम्बन्धी सम्झौता कार्यान्वयन गर्ने पक्षमा रहेको बताउनुभएको छ। 

शनिबार काठमाडौंमा जननेता मदनकुमार भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा आयोजित जबजका तीन दशक विषयक राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले महकाली सन्धीको पक्षमा तत्कालीन समयमा धेरै विरोध भएपनि अहिले सबै राजनीतिक दलहरु महकाली सन्धी कार्यान्वयनको पक्षमा रहेको बताउनु भयो । 

निकट भविष्यमै महकाली सन्धी सम्झौता कार्यान्वयन गर्दै पञ्चेश्वर परियोजना कार्यान्वयन गर्ने पक्षमा सरकार रहेको बताउनु भयो । चाँदनी दोधारामा १० क्युमेक्स पानी ल्याउने कुरामा सरकारले फेरि अघि बढाउने बताउनु भयो । 

प्रधानमन्त्री ओलीले नेकपा एमालेले राष्ट्रको सार्वभौमिक सत्ता, प्रभुत्व, भौगोलिक अखण्डता, देशको हित, स्वाधिनता, स्वाभिमानलाई तलमाथि हुन नदिने बताउनु भयो ।