340
Shares
काठमाडौं । आज एकै पटक चार वटा संसदीय समितिको बैठक बस्दैछ ।
जसअन्तर्गत बिहान ९ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । त्यस्तै बिहान साढे ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथि छलफल हुनेछ ।
त्यस्तै बिहान साढे ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आ.व. २०८२/०८३ को बजेट वक्तव्यमा उल्लेखित कालिगण्डकी तिनाउ नदी पथान्तरण आयोजनाको अवस्था सम्बन्धमा छलफल हुनेछ भने बिहान ११ बजे बस्ने संसदीय सुनुवाई समितिको बैठकमा उजुरीकर्तासँग छलफल हुनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया