काठमाडाैँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट कार्यान्वनयको विषय अर्थ मन्त्रालयको मात्रै नभएको बताउनुभएको छ ।
बिहीबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले बताउनुभएको हो । उहाँले बजेट कार्यान्वनयको विषय अर्थ मन्त्रालयको मात्रै नभएर समग्र मन्त्रालयहरुको साझा जिम्मेवारी भएको बताउनु भयो ।
अर्थ मन्त्रालयले आफ्नोतर्फबाट गर्नुपर्ने काम प्रभावकारीरुपमा गर्ने बताउनु भयो । सम्बन्धित मन्त्रालयले पनि आफ्नो जिम्मेवारीका काम प्रभावकारीरुपमा बजेट कार्यान्वयन गर्नुपर्ने बताउनु भयो । बजेट कार्यान्वयनसँग सम्बन्धित विद्यमान मापदण्डहरु, निर्देशिकाहरु आदि चिजलाई तदनुकुल नै अपडेट गर्न लागिएको उल्लेख गर्नुभयो ।
अर्थमन्त्री पौडेलले बजेट प्रश्तुत भएको भोलिपल्टैदेखि बजेट कार्यान्वयनको प्रतिबद्धता व्यक्त गरिएको बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया