प्रतिनिधि सभाबाट विनियोजन विधेयक (बजेट) पारित

380 Shares

काठमाडाैँ । विनियोजन विधेयक (बजेट) प्रतिनिधि सभाबाट पारित भएको छ। 

मंगलबार सभामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णप्रसाद पौडेलले विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस् भनी प्रश्ताव प्रश्तुत गर्नुभयो । विधेयकलाई सभाले बहुमतले पारित गरेको हो । 

बजेट पारित गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी भने अनुपस्थित रह्यो ।