भिजिट भिसा प्रकरणसम्बन्धी पार्टीका मागहरु पूरा नभएसम्म संसदीय प्रक्रियामा सहभागि नहुने रास्वपाको घोषणा

337 Shares

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले भिजिट भिसा प्रकरणसम्बन्धी पार्टीका मागहरु पूरा नभएसम्म संसदीय प्रक्रियामा सहभागि नहुने बताउनुभएको छ । 

मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक परियारले आफूहरुको आन्दोलन यथावत रहेको बताउनु भएको हो । उहाँले भिजिट भिसा जस्तो गम्भिर मुद्दालाई सरकारले पन्छाउन खोजेको समेत उहाँको आरोप छ । उहाँले अर्को संसद बैठक असार १४ गतेको रहेको उल्लेख गर्दै त्यतिबेलासम्म पार्टीको मुद्दालाई थप स्थापित गर्न आवश्यक कार्यहरु गर्ने बताउनु भयो ।

सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा उच्चस्तरीय समिति गठन गरेको थियो ।  उक्त समितिलाई रास्वपाले अस्विकार गरेको छ ।