दैलेखको ग्याँस उत्खनन कार्य एक वर्षभित्र शुरु हुन्छः मन्त्री भण्डारी

357 Shares

काठमाडाैँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दैलेख जिल्लाको मिथेन ग्याँस उत्खनन कार्य एक वर्षभित्र शुरु गर्नेगरी मन्त्रायले योजना बनाएको बताउनुभएको छ। 

सोमबारको प्रतिनिधि सभाको बैठकमा विनियोजित बजेटमाथिको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले दैलेख जिल्लाको जलजलेमा ठूलो परिणाममा तेल ग्याँस अन्वेषणमा धेरैले चासो राख्नुभएको बताउनु भयो । यो आयोजना सञ्चालन गर्दा चिनियाँ जियोलोजिक सर्वे कम्पनीको तर्फबाट प्रारम्भिक रिपोर्ट आएको र प्रारम्भिक रिपोर्टले देशलाई नै खुशी बनाएको जिकिर गर्नुभयो । 

एक वर्षभित्र यसलाई उत्पादन परीक्षण कामलाई अघि बढाउने गरी मन्त्रालयले आवश्यक योजना बनाएको मन्त्री भण्डारीको दाबी छ । नेपालको समृद्धिमा खानी, खनिज लगायतका क्षेत्रको विकास गर्नुपर्ने र त्यसको उत्खनन गर्नुपर्ने विषयलाई मन्त्रालयले प्राथमिकताका साथ राखेको बताउनु भयो । 

मन्त्री भण्डारीले सरकारले औद्यागिक पार्कसहितका क्षेत्रमा आवश्यक योजना बनाएर अघि बढेको बताउनु भयो ।