मुख्य नेताहरूको निर्वाचन क्षेत्रमा मात्रै धेरै बजेट पर्छ, अरूलाई अवहेलना गरिन्छः महामन्त्री राणा

319 Shares

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणाले मुख्य नेताहरूको निर्वाचन क्षेत्रमा मात्रै धेरै बजेट परेको बताउनुभएको छ। 

सोमबार बसेको प्रतिनिधि सभा बैठकपछि नयाँ वानेश्वरस्थित सङ्घीय संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको व्यवस्थाको कारणले नै ४/५ जना मुख्य नेताहरूको निर्वाचन क्षेत्रमा बढी बजेट परेको र अरूलाई अवहेलना गरेको जिकिर गर्नुभयो । 

सरकारले बजेट पारिदिए पनि चाहेको जति विनियोजन हुन नसकेको बताउँदै उहाँले सरकार र सत्तापक्षमै भएका सांसदहरूले असन्तुष्टि प्रकट गरेको र आफूहरूको क्षेत्रमा केही मात्रामा मात्रै बजेट पर्ने गरेको गुनासो गर्नुभयो । 

आगामी आर्थिक वर्षको विनियोजन विधेयक २०८२ मङ्गलबारको प्रतिनिधिसभामा निर्णयार्थ प्रश्तुत हुँदैछ ।