मुलुकमा अहिलेको सबैभन्दा ठूलो खाँचो सिस्टमको होः माधव सापकोटा

380 Shares

ललितपुर । नेकपा (माओवादी केन्द्र)का नेता माधव सापकोटाले मुलुकमा सबैभन्दा ठूलो खाँचो सिस्टमको भएको बताउनुभएको छ।

आइतबार ललितपुरमा आयोजित सद्गमय सिजन–२ समापन समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सार्वजनिक यातायातदेखि अस्पतालदेखि सिंहदरबारभित्रै विभिन्न जटिलता, समस्या र चुनौतीहरूको रहेको बताउँदै मुलुकमा सिस्टमको खाँचो रहेको बताउनु भयो । 

विदेशी राष्ट्रहरूले गरेका प्रगति र उन्नतिसँग तुलना गर्दा धेरै निराश हुनुपर्ने स्थिती नरहे पनि सिस्टम भने नभएको जिकिर गर्नुभयो । उहाँले एउटा नागरिकले सहजतापूर्वक अस्पतालमा गएर उपचार गर्न सक्ने अवस्था बनाउन नसकिएको बताउनु भयो । नेपालमा केही नभएको भन्ने बुझाइ गलत भएको बताउँदै पछिल्लो १० वर्षको अवधिको पूर्वाधार निर्माणदेखि मानव विकास सूचकाङ्कसम्म हेरेको खण्डमा फरक पाउने बताउनु भयो । उहाँले बिस्तारै क्रमिकरूपमा विकासहरू हुँदै गएको दाबी गर्नुभयो ।  

उहाँले कसरी विधिमा बस्ने र विधिको विकासलाई संस्थागत गराउने विषयमा बहस हुनु जरुरी रहेको बताउनु भयो ।