काठमाडौं। नेकपा (एमाले)का नेता विशाल भट्टराईले संविधानको पुनरावलोकन गर्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ।
आइतबार काठमाडौंमा आयोजित टेलिभिजन कार्यक्रम ‘सद्गमय सिजन २’ को समापन समारोहलाई सम्बोधन गर्दै नेता भट्टराईले संविधान निर्माण भएको एक दशक पुगिसकेको उल्लेख गर्दै समीक्षा गर्न जरुरी रहेको बताउनुभएको हो। उहाँले संविधानमै नै दश प्रत्येक दश वर्षमा संविधानको पुनरावलोकन गर्न सकिने व्यवस्था रहेको उल्लेख गर्दै यसको लागि राजनीतिक दलहरु अग्रसर हुनुपर्ने बताउनु भयो । नेता भट्टराईले जनताको आलोचना भएको विषयलाई राजनीतिक दलहरुले गम्भीरतापूर्वक लिँदै संविधानकाे आवश्यक पुनरावलोकन गर्नुपर्ने बताउनु भयो ।
उहाँले सरकारमा रहेका दलहरुसँग दुई तिहाई नपुगेको खण्डमा राष्ट्रको आवश्यकता र जनताका मुद्दामा प्रतिपक्षी दलहरुले साथ दिनुपर्नेसमेत बताउनु भयो । समापन समारोहमा बोल्दै सञ्चारकर्मी टिकाराम यात्रीले कार्यक्रमले देशको समग्र क्षेत्रमा रहेका बेथिती र समस्याहरुको समाधान पनि दिन सकेको आफूले ठानेको बताउनु भयो ।
जलावायु परिवर्तनका मुद्दादेखि लिएर आजको वर्तमान मात्र नभई भविष्यसम्मको उन्नति, प्रगति र पर्यावरणीय क्षेत्रमा पर्ने प्रभावका विषयमा समेत कार्यक्रमले सकारात्मक प्रभाव पार्न सकेको बताउनु भयो । कार्यक्रमले राजनीतिक नेतृत्वदेखि अन्य विकास निर्माणका क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्न सफल भएको उहाँकाे भनाइ थियाे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया