नेपाल स्वास्थ्य विज्ञानको शुरुवात भूमि होः प्रधानमन्त्री

349 Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल स्वास्थ्य विज्ञानको शुरुवातको भूमि भएको बताउनुभएको छ । 

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल स्वास्थ्य विज्ञानको प्रारम्भ भएको ठाउँ भएको बताउनु भयो । 

स्वास्थ्यको विकास गर्न नेपालले नसक्ने भन्ने नरहेको बताउँदै उहाँले पुराना विधि र पद्धतिहरुको उपयोग गर्न पनि आवश्यक रहेको बताउनु भयो । स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आर्थिकरुपमा कसरी सबल बनाउने भन्ने बारेमा सरकार गम्भीर रहेको बताउनु भयो ।प्रधानमन्त्री ओलीले बिरामीको संख्या न्युन गर्नेतिर सरकारको ध्यान गइरहेको बताउनु भयो ।