प्रतिनिधिसभाकाे बैठक आज पनि बस्दै, यस्ताे छ कार्यसूची

322 Shares

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाकाे बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने भएकाे हाे । 

बैठकमा विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहने छ । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, अर्थ, सहरी विकास मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपति कार्यालयको विनियोजनमाथिको छलफल हुनेछ । यस्तै, सांसदहरूले राखेका खर्च कटौती प्रस्तावसमेत पेस हुनेछन् ।

बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गर्नेछन् । यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूचीसमेत रहेको छ ।