396
Shares
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउन माग गर्नुभएको छ।
शनिबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेसम्म जनताको माग राखेर आन्दोलन गर्दा सदनमा जनताको आवाज नसुनिएको बताउनु भयो । उहाँले सरकारले संसदीय छानबिन समिति, उच्चस्तरीय छानबिन आयोग किन नबनाएको भन्दै प्रश्न गर्नुभयो । जनताले सदनमा आफ्नो आवाज नसुन्ने हो भने कहाँ गएर सुनाउने ? भन्ने उहाँको प्रश्न छ । सरकार निर्बलको लागि हो की शक्तिशालीहरुको भन्दै प्रश्न गर्नुभयो ।
सांसद श्रेष्ठले भिजिट भिसाबाटै रसिया, खाडी मुलुकमा नेपालीहरु जाने गरेको बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया