290
Shares
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले राजावादी आन्दोलनका क्रममा निधन भएका पत्रकार सुरेश रजकका परिवारलाई आर्थिक सहयोगको घोषणा गरेको छ।
पार्टी स्थापना दिवसका अवसरमा माइतीघर मण्डलामा आयोजित कार्यक्रममा रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले पत्रकार रजकका परिवारलाई तीन लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टी स्थापनाका दिनदेखि आजसम्म सहयोग र साथ दिने सबैलाई धन्यवाद दिनुभएको थियो ।
उहाँले पार्टीका सूचनाहरु जनतासम्म पुर्याउने सम्पूर्ण सञ्चार जगत र पार्टीप्रति आस्था र विश्वास गर्ने आम नागरिकलाई धन्यवाद दिनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया