काठमाडाैं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफू संघीय प्रणालीको विरोधी नभएको बताउनुभएको छ।
शनिबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा संविधान निर्माण गर्दा खुशीराजीले संघीयता स्वीकार नगरिएको बताउनु भयो । उहाँले अहिले नेपाली जनतालाई त्यो प्रदेशको आवश्यकता नभएको बताउँदै प्रदेशको भारी बोकाएर नेपाल राष्ट्रलाई ऋणमा डुबाएर विचल्ली गराउने उद्देश्यका साथ संघीयता बोकाइदिएको जिकिर गर्नुभयाे ।
राष्ट्रको हितमा नहुने प्रणाली खारेज गर्नुपर्ने बताउनु भयो । आफू संघीय प्रणालीको विरोधी नभइ संघीयता नेपालमा सम्भव नरहको स्पष्ट पार्नुभयो । सांसद केसीले प्रदेशमा हुने खर्च स्थानीय तहलाई दिएर स्थानीय तह बलियो बनाउनुपर्ने बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया