रास्वपा र एसलाई जितजंगले भने– पहिले आफूले सिकेर मात्रै अरूलाई नैतिकता सिकाउनू

408 Shares

काठमाडाैँ । नेपाली काँग्रेसका राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) ले नैतिकता सिकाएको भन्दै टिप्पणी गर्नुभएको छ । 

बिहीवार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एकीकृत समाजवादीका अध्यक्षमाथि अख्तियारमा मुद्दा चलिरहेको र रास्वपाका सभापति कारागारमा रहेको बताउँदै अहिले पनि संसदीय दल र पार्टीको नेतृत्व छोड्न नसकेको जिकिर गर्नुभयो । उहाँले रास्वपा र एकीकृत समाजवादीले काँग्रेसलाई नैतिकता सिकाउने भन्दै प्रश्न गर्दै यो कस्तो नैतिकताको कुरा हो भन्दै टिप्पणी गर्नुभयो । बस्नेतले नैतिकता पहिले आफूले सिकेर अरूलाई सिकाउनुपर्ने बताउनुभयो । उहाँले नैतिक चरित्र बिना देश नचल्ने बताउँदै नैतिक चरित्र पहिले आफ्नो राम्रो भएपछि मात्रै अरूलाई भन्न पाइने जिकिर गर्नुभयो ।

नैतिक चरित्रको कुरा पहिले आफूले आफूलाई बुझ्नको लागि आग्रह गर्नुभयो ।