आज उद्योग तथा वाणिज्य समितिको बैठक बस्दै

288 Shares

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्दैछ ।

बैठक बिहान ८ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ ।

बैठकमा नेपालमा आयोडिन भएको गुणस्तरयुक्त नुनको सहज, सुलभ आपूर्ति तथा वितरणका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।