325
Shares
काठमाडौं । नेपाली बजारमा मंगलबारको तुलनामा आज सुन तोलामा नौ सय रुपैयाँ र चाँदी ६५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल एक लाख ९५ हजार नौ सय रुपैयाँ कायम भएको छ भने एक तोला चाँदी दुई हजार दुई सय २५ रुपैयाँ पुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३९३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया