काँग्रेसको वातावरण तथा जलवायु परिवर्तन सरोकारसम्बन्धी ३० दिने प्रशिक्षण कार्यक्रम शुरु

380 Shares

काठमाडाैं । नेपाली काँग्रसले वातावरण तथा जलवायु परिवर्तन सरोकारसम्बन्धी ३० दिने प्रशिक्षण कार्यक्रम शुरु गरेको छ ।

सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपामा  वातावरण तथा जलवायु परिवर्तन सरोकारसम्बन्धी ३० दिने प्रशिक्षण कार्यक्रमका शुभारम्भ गरिएको हो । शुभारम्भ कार्यक्रममा बोल्दै काँग्रेसको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागका सभापति कल्याण गुरुङले जलवायु परिवर्तनको असर न्युनिकरणका लागि सबै एकजुट हुनुपर्न बताउनु भयो । 

पृथ्वी जोगाउनु सबैको कर्तव्य भएको बताउनु भयो । विनाशलाई पर्खिनुभन्दा केही गरेर असर न्युनिकरणका लागि पहल गर्न जरुरी रहेको र त्यही उद्देश्यबाट यो कार्यक्रम शुरु गरिएको बताउनु भयो । विपद् व्यवस्थापनसम्बन्धी नेपाल प्रहरी र सशस्त्र प्रहरीले दिने तालिममा सहभागी गराइने बताउनु भयो । 

उहाँले तालिम प्राप्त जनशक्तिलाई देशमा कतै जाँदा पनि फरेस्ट, इन्भायरोमेण्ट र क्लाइमेट चेन्जको विषयमा सिकाउनसक्ने जानकारी दिइने बताउनु भयो ।