संसदमा रास्वपा र राप्रपाको अवरोध कायमै

286 Shares

काठमाडाैं । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदमा अवरोध कायमै राखेको छ। 

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा पनि रास्वपा र राप्रपापका सांसदहरुले अवरोध कायमै गरेका हुन् । सभामुख देवराज घिमिरेले कार्यसूची अगाडी बढाउन खोजेपछि रास्वपा र राप्रपाका सांसदहरुले उठेर विरोध जनाए ।  

भिजिट भिसा प्रकरणमा नाम जोडिएको भन्दै गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै रास्वपा र राप्रपाका सांसदहरुले लगातार संसद अवरोध गर्दै आएका छन् । 

आजको बैठकमा रास्वपा र राप्रपाका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोल्नको लागि समय दिनुभयो ।