विरोध भइरहँदा संसद चलाउनु दादागिरी होः प्रमुख सचेतक शाही

424 Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सांसदहरूको विरोधकाबीच संसद बैठक चलाइएको भन्दै आपत्ति जनाउनुभएको छ। 

आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले आपत्ति जनाउनुभएको हो । उहाँले संसदमा आन्दोलन भइरहँदा संसद् बैठक चलाउनु उचित नभएको बताउनु भयो । उहाँले सत्तापक्ष र प्रतिपक्षीहरू सबै जनताले जिताएको जनप्रतिनिधि भएको बताउनु भयो । उहाँले भिजिट भिसा प्रकरणमा दोषीलाई कारबाही भन्ने मागमा सबैले साथ दिन आग्रह गर्नुभयो । सांसद शाहीले आन्दोलनका बीच संसद् चलाउनु संसदीय अभ्यास नभएको बताउँदै यो दादागिरी भएकोले दादागिरी बन्द गर्न आग्रह गर्नुभयो ।  

भिजिट भिसा प्रकरणमा मुछिनुभएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै रास्वपाले जेठ १३ देखि संसद् अवरोध गर्दै आएको छ । आइतबारको प्रतिनिधि सभामा पनि रास्वपाका सांसदहरुले नाराबाजी गरिरहेका छन् । रास्वपाको विरोधकाबीच सभामुख देवराज घिमिरेले संसद अगाडी बढाउनुभएको छ ।