काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा वास्तविक कम्युनिष्टहरु नरहेको बताउनुभएको छ।
बिहीबार नेपाल शिक्षक संघको २४औं संघीय प्रतिनिधि सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कम्युनिष्टहरु विश्वमै सकिइसकेको बताउँदै नेपालमा भने केही बढिरहेको बताउनु भयो ।
अहिलेका कम्युनिष्टहरु विगतका कम्युनिष्टहरु जस्तो नरहेको उहाँले जिकिर गर्नुभयो । कम्युनिष्टहरु अहिले डेमोक्रेट भइसकेको बताउँदै आजका कम्युनिष्टहरुलाई कम्युनिष्ट भन्न नमिल्ने तर्क गर्नुभयो । अहिलेको संविधानअनुसार मल्टी पार्टी डेमोक्रेटिक सिस्टममा आइसकेको हुनाले उहाँहरुलाई कम्युनिष्ट भनिरहनु नपर्ने बताउनु भयो ।
सभापति देउवाले अहिलेका कम्युनिष्टहरु कम्युनिष्ट नरहेको र उनीहरुले नाम मात्रै बदल्न बाँकी रहेको बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया