काठमाडाैं । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न प्रवासी नेपालीलाई आग्रह गर्नुभएको छ ।
नेपाली काँग्रेसको जनसम्पर्क समितिद्वारा बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले नेपाली जनसम्पर्क समिति पहिलो पटक विपी कोइरालाले भारतमा स्थापना गरेको बताउनु भयो ।
उहाँले विश्वभर क्रियाशील रहेको काँग्रेसको जनसम्पर्क समितिले सबै प्रवासीसँग सम्बन्ध राख्ने बताउनु भयो । प्रवासी नेपालीहरुलाई हुने कानूनी समस्यालाई समाधान गर्न पार्टीको तर्फबाट पहल गर्ने बताउनु भयो । प्रवासी नेपालीले देशको विकासका लागि आर्थिक तथा वैचारिक योगदान गर्नुपर्ने उहाँको भनाइ छ ।
नेता निधीले २०८४ मा हुने निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा मतदान गर्न सहयोग गर्न प्रवासी नेपालीहरुलाई आग्रह गर्नुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया