आज र भोलि देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

8 Shares

काठमाडौं । सरकारले आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाविरुद्धको औषधि खुवाउने अभियान सञ्चालन गरेको छ ।

अभियानअन्तर्गत ६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि दिइँदैछ ।

स्वास्थ्य सेवा विभागका अनुसार अभियानमार्फत करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २० लाखलाई जुकाको औषधि खुवाउने लक्ष्य छ । कार्यक्रम सञ्चालनका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।

बालबालिकामा कुपोषण र विभिन्न स्वास्थ्य समस्याको जोखिम कम गर्ने उद्देश्यले सरकारले हरेक वर्ष कात्तिक र वैशाख महिनामा यो अभियान सञ्चालन गर्दै आएको छ ।