दुई साताको अन्तरालपछि प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

8 Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । करिब दुई साताको अन्तरालपछि प्रधानमन्त्री शाहले बैठक बोलाएका हुन् ।

सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको सचिवालयका अनुसार बैठक मंगलबार दिउँसो ३ बजे बस्नेछ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा विभिन्न विषयमा छलफल गरी आवश्यक निर्णय गरिने जनाइएको छ ।