एनपीएलमा आन्द्रे रसेलको इन्ट्री, विराटनगर किङ्सले गर्‍यो अनुबन्ध

18 Shares

काठमाडौं । वेस्ट इन्डिजका विस्फोटक अलराउन्डर आन्द्रे रसेलले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्ने भएका छन् ।

एनपीएल टोली विराटनगर किङ्सले रसेललाई अनुबन्ध गरेको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको हो ।

विश्व क्रिकेटमा आक्रामक ब्याटिङ र प्रभावशाली बलिङका लागि परिचित रसेलको आगमनले विराटनगर किङ्सको टोली थप बलियो हुने अपेक्षा गरिएको छ । ब्याटिङ र बलिङ दुवैमा योगदान दिन सक्ने रसेलको उपस्थितिले प्रतियोगितामा टोलीको प्रदर्शनमा महत्त्वपूर्ण भूमिका खेल्न सक्नेछ ।

वेस्ट इन्डिजका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा अनुभव बटुलेका रसेलले ८६ टी–२० अन्तर्राष्ट्रिय खेलमा एक हजार १२२ रन बनाउनुका साथै ६१ विकेट लिएका छन् ।

विश्वका विभिन्न फ्रेन्चाइज टी–२० लिगमा खेलिसकेका रसेल आक्रामक ब्याटिङ, छिटो रन बनाउने क्षमता र विकेट लिन सक्ने खुबीका कारण परिचित छन् ।

रसेलको अनुबन्धसँगै विराटनगर किङ्सले तेस्रो संस्करणको एनपीएलका लागि आफ्नो टोलीलाई थप प्रतिस्पर्धात्मक बनाउने लक्ष्य राखेको छ ।