काठमाडौं । चाडबाडको मुखमा खाना पकाउने ग्यासको सहज आपूर्ति नहुँदा उपभोक्ताले सास्ती खेप्नुपरेको छ । सरकारले गत आइतबारदेखि काठमाडौंका विभिन्न स्थानमा डिपो तोकेर जुनसुकै कम्पनीका सिलिन्डर साट्न सकिने व्यवस्था गरे पनि ग्यास लिन उपभोक्ताको लामो लाइन घट्न सकेको छैन ।
ग्यासका लागि घण्टौँ कुर्नुपर्ने बाध्यता छ । कतिपय उपभोक्ता आफ्नो सिलिन्डर डिपोमै रातभर छाडेर घर फर्कन बाध्य छन् । तर, रातभर लाइनमा सिलिन्डर राख्दा पनि भोलिपल्ट ग्यास पाइने हो वा होइन भन्ने निश्चित छैन ।
चाडबाडका बेला भान्सामा ग्यासको खपत बढ्ने समयमा देखिएको अभावले सर्वसाधारणको दैनिकी प्रभावित बनेको छ । सरकारी व्यवस्थापछि पनि डिपोहरूमा उस्तै भीड र लामो लाइन देखिँदा ग्यासको सहज आपूर्ति सुनिश्चित हुन नसकेको उपभोक्ताको गुनासो छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया