काठमाडाैं । निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिले १९ बुँदे कार्यविधि र कार्यविधि सर्वसम्मतिले पारित गरेको छ ।
बुधवार सिंहदरबारमा बसेको निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिको बैठक कार्यविधि सर्वसम्मतिले पारित गरेको हो ।
समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले समय सिमित भएकाले प्राप्त कागजातको अध्ययनलाई प्रभावकारी रूपमा अघि बढाउनु चुनौतिपूर्ण रहेको बताउनु भयो । उपसमितिको बैठक बुधवार पहिलो पटक बसेको र अब दशैँपछि मात्रै बस्ने जानकारी दिनुभयो । विभिन्न निकायबाट प्राप्त कागजात तथा प्रमाणहरूको अध्ययन गर्ने प्रक्रिया पनि तय गरिएको उहाँको भनाइ छ ।
प्राप्त सबै दस्तावेजको गोपनीयता कायम गर्दै सार्वजनिक लेखा समितिको सभाहलमै आवश्यक निगरानीका बीच अध्ययन गरिने उहाँले बताउनु भयो । कुनैपनि कागजात बाहिर लैजान वा सार्वजनिक गर्न नपाइने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘उपसमितिको आज पहिलो बैठक बसेको हो । बैठकले १९ बुँदे कार्यविधि र कार्यअवधि सर्वसम्मतिले पारित गरी सबै सदस्यले हस्ताक्षर गरेका छन् ।
विभिन्न निकायबाट प्राप्त कागजात तथा प्रमाणहरूको अध्ययन गर्ने प्रक्रिया पनि तय गरिएको छ । आगामी बैठक दशैँपछि बस्ने निर्णय भएको छ । उपसमितिको कार्यअवधि दुई महिना अर्थात मंसिर २० गतेसम्म रहेको छ । प्राप्त सबै दस्तावेजको गोपनीयता कायम गर्दै सार्वजनिक लेखा समितिको सभाहलमै आवश्यक निगरानीका बीच अध्ययन गरिनेछ ।
कुनैपनि कागजात बाहिर लैजान वा सार्वजनिक गर्न पाइनेछैन । अब मुख्य चुनौती कार्यविधि होइन, चाडपर्वका कारण हुने लामो बिदा र सदस्यहरूको जिल्ला भ्रमण हो ।
समय सिमित भएकाले प्राप्त कागजातको अध्ययनलाई प्रभावकारी रूपमा अघि बढाउनु हाम्रो चुनौती हुनेछ ।’ उपसमितिको कार्यअवधि दुई महिना (मंसिर २० गते) सम्म रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया