शेयर बजारमा गिरावट जारी

15 Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ ।

दिनभरको उतार चढावका बीच बजार परिसूचक नेप्से २०.४८ अंक घटेर २५६६.७६ विन्दुमा झरेको छ । परिसूचकसंगै कारोबार रकम पनि थप खुम्चिएको छ । नेप्सेमा रहेका १३ उपसमूह मध्ये ब्यापार उपसमूह बाहेक अरु सवै उपसमूहको परिसूचक घटेको छ ।

वित्त उपसमूहको परिसूचक सर्वाधिक १.१० प्रतिशत घटेको छ । यस्तै, होटल तथा पर्यटन, जलविद्युत र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

२४२ वटा कम्पनीको शेयर मूल्य घटेको बजारमा ३२ वटा कम्पनीको शेयर मूल्य मात्रै बढेको छ । मूल्य बढेका दश वटा शीर्ष स्टकमा अधिकांश ऋणपत्र रहेका छन् ।

तर त्रिशुली जलविद्युत कम्पनीका लगानीकर्ताले आज सर्वाधिक ५.८४ प्रतिशत गुमाएका छन् । आज दिनभरमा ३५९ स्टकको ९० लाख ३ हजार कित्ता शेयर ३ अर्ब २७ करोड ९५ लाख ९ हजार रुपैयाँ बराबरमा खरिद विक्री भएको छ ।

कारोबार रकमका आधारमा आज घलेम्दी हाइड्रोको २२ करोड ८६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ ।