भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा क्षितिज पौडेल मनोनीत

20 Shares

चितवन । भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा क्षितिज पौडेल मनोनीत भएका छन् । आज स्वास्थ्य मन्त्रीस्तरीय निर्णय अनुसार पौडेललाई चीतवनको चर्चित संघिय अस्पतालको अध्यक्ष बनाइएको हो ।

विगतमा राजनितिक नियुक्तीले पाइने अध्यक्षको पद पहिलोपटक खुल्ला प्रतिस्पर्धामा सहभागी भएर अन्तरवार्तामा ८ जनालाइ पछि पार्दै पौडेल अस्पतालको अध्यक्ष बनेका हुन् । उनले स्वास्थ्य मन्त्रीबाट चिठी बुझीसकेका छन् भने केहि दिनमै जिम्मेवारी सम्हाल्दै छन् । उनी संगै सदस्यहरूमा नवराज तिमिल्सिना र अनिता खड्का मनोनित भएका छन् ।

भरतपुर अस्पतालका अध्यक्ष बनेका पौडेल पूर्व बैकंका कर्मचारी हुन् । उनी चितवनको खोलेसिमलमा रहेको मुक्तीनाथ बिकास बैकंमा लोन शाखामा कार्यरत रहेका छन् ।

भरतपुर १२ घर भएका उनले चितवनको प्रेसिडेन्सी कलेजबाट एमबीए सम्मको अध्ययन गरेका छन् । ३० वर्ष हाराहारीका उनी हालसम्म गैर राजनीतिक पृष्टभुमीको बुझिएको छ । रास्वपाको सरकारले उनलाइ नियुक्ती गरेपनि हालसम्म उनको पार्टीमा सक्रीयता नदेखिएको रास्वपाका नेताहरुले बताएका छन् ।

रास्वपाका एक नेताका अनुसार हिजोको दिनमा अध्यक्ष पदमा पार्टीको टिका लगाएर अस्पतालको अध्यक्ष बन्न होडबाजी थियो ।तर रास्वपाको सरकार आएपछि एतिहासिक रुपमा खुल्ला प्रतिस्पर्धाबाट नियुक्त हुने व्यक्तिले जनताको सर्वोपरी हितमा काम गर्ने बताएका छन् ।

पुर्व अध्यक्ष राजु पौडेलका अनुसार भरतपुर अस्पतालको अध्यक्ष पद पुर्णत भोलिनटरिंग पद हो । यहाँ २४ सै घन्टा काम गरेबापत मेडिकल सुपरिटेन्डेन्ट सहित अन्य कर्मचारी जस्तै तलब पाइदैन । अध्यक्षको कार्यकाल ३ वर्षको हुन्छ । अस्पतालका विभिन्न नीतिगत विषयमा निर्णय गर्ने भिटो पावर अस्पताल बिकास समितिको हुन्छ ।

समितिमा अध्यक्ष सहित बढीमा ७ जना रहनेछन् जसमा एक दशक सामाजिक सेवामा लागेका २ जना ,मेसु , स्वास्थ्य मन्त्रालयको सचीव र पालिका प्रमुख पर्छन् । अध्यक्षले न्युनतम २ महिनामा एउटा बोर्ड बैठक अनिवार्य राख्नैपर्ने व्यव्स्था छ ।

भरतपुर अस्पतालबाट छोटो दुरीमा घर भएका नव मनोनित अध्यक्ष पौडेल अस्पतालबारे जानकार छन् । दैनिक ३००० हारहारी बिरामी आउने अस्पताल कहिलेकाहीँ आफैँ थला पर्ने गरेको छ । उनका अगाडि चुनौतीको पहाड छ भने त्यतिकै अवसर पनि छ ।