सुनको भाउमा गिरावट, तोलामा ५ हजार घट्यो

26 Shares

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन सोमबार घटेर २ लाख ९४ हजार ३०० रुपैयाँमा कायम भएको हो।

 

त्यस्तै, १० ग्राम सुनको मूल्य सोमबार २ लाख ५२ हजार ३१५ रुपैयाँ तोकिएको छ। आइतबार १० ग्राम सुन २ लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला ४ हजार ६५५ रुपैयाँ रहेको चाँदी सोमबार १४५ रुपैयाँले घटेर ४ हजार ५१० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ।

सोमबार १० ग्राम चाँदीको मूल्य ३ हजार ८६७ रुपैयाँ तोकिएको छ। आइतबार यसको मूल्य ३ हजार ९९० रुपैयाँ ५० पैसा थियो।