10
Shares
काठमाडाैं । भारतले साबिक विजेता श्रीलंकालाई ७२ रनकाे फराकिलाे अन्तरले पराजित गर्दै महिला टी-२० एशिया कपको उपाधि जितेको छ।
दुबईमा आइतबार राति भएको फाइनल खेलमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो । भारतका लागि शेफाली बर्माले ३९ बलमा ६८ रन तथा स्मृति मन्दनाले ५० बलमा ५९ रनको योगदान दिइन् ।
१ सय ८४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले शुरुवातदेखि नै भारतीय बलरको दबाब सामना गर्नुपरेको थियो । श्रीलंकाको टोली १८ ओभर ४ बलमा १११ रनमै अलआउट भयो । कप्तान चामारी अथापाथ्थुले सर्वाधिक ३६ रन बनाइन् ।
यी दुई टोलीबीच भएका सात फाइनलमध्ये भारतले छैठाैं पटक उपाधि जितेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया