विदुषी याेगमाया विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रारका लागि आवेदन आह्नन (सूचनासहित)

11 Shares

काठमाडौं। विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयमा उपकुलपति तथा रजिस्ट्रार पदका लागि आवेदन आह्वान गरिएकाे छ।

विश्वविद्यालयको उपकुलपति तथा रजिस्ट्रार छनोट तथा सिफारिस समितिले आइतबार एक सूचना प्रकाशित गर्दै उपकुलपति र रजिस्ट्रारका लागि आवेदन आह्वान गरेको हो । इच्छुक तथा योग्य उमेदवारले प्रथम पटक सूचना प्रकाशित भएको मितिले १० दिनभित्र अनलाइन आवेदन पेश गर्नुपर्ने जारी सूचनामा उल्लेख गरिएकाे छ।

आवेदनका लागि आवश्यक लिंक विश्वविद्यालयको वेबसाइट https://www.yogmayaau.edu.np मा उपलब्ध हुने जानकारी दिइएको छ । समितिले उपकुलपति पदका लागि कार्यविधिको अनुसूची- १ (क) तथा रजिस्ट्रार पदका लागि अनुसूची-१(ख) मा तोकिएको ढाँचामा आवेदन पेश गर्नुपर्ने जनाएको हाे ।