काठमाडौं । नेपाल ‘ए’ ’ क्रिकेट टोली दोस्रो एक दिवसीय अभ्यास खेलमा पनि पराजित भएको छ ।
डार्विनमा शुक्रबार भएकाे खेलमा साउथ अस्ट्रेलियाले नेपालविरुद्ध १ सय ३८ रनको फराकिलो जित दर्ता गरेको हो । साउथ अस्ट्रेलियाले प्रस्तुत गरेको २ सय ६० रनको लक्ष्य पछ्याएको नेपाल २२ दशमलव १ ओभरमा १ सय २१ रनमै समेटियो ।
नेपालका रासिद खानले ३७, मयन यादवले २०, दीपकप्रसाद डुम्रेले १८ र कप्तान अनिलकुमार साहले ११ रन बनाएका थिए । साउथ अस्ट्रेलियाका स्पेन्सर जोनसनले तीन, क्याम्पबेल थम्पसन र हेडेन शिलरले दुई–दुई तथा हानो ज्याकब्स र लाचलान ब्याङ्ग्सले एक–एक विकेट लिएका छन्।
त्यसअघि, टस जितेर ब्याटिङ रोजेको साउथ अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २५९ रनको योगफल तयार पारेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया