11
Shares
काठमाडौं । नेपाली कांग्रेसकाे संसदीय दलको बैठक सोमबार बस्दैछ।
कांग्रेस संसदीय दलको कार्यालयले बैठक साेमबार बिहान ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने तय भएको जनाएकाे हो। बैठकमा वर्तमान राजनीतिक अवस्था, संसद्मा पार्टीको भूमिका र जनसरोकारका समसामयिक विषयहरूमा गहन छलफल हुने भएकाे छ। मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र आगामी संसदीय रणनीति तय गर्न यो बैठक बोलाइएको हो।
साथै, प्राकृतिक विपद्का घटनाहरू र जनताका तत्कालीन समस्याका विषयमा समेत बैठकमा समीक्षा हुने कार्यालयले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया