12
Shares
एजेन्सी। अमेरिकी सरकारले नेपालका बाढी-पीडितका लागि ३६ लाख अमेरिकी डलर भन्दा बढीको अतिरिक्त मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ।
अमेरिकी विदेश मन्त्रालयले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली जनताको कठिन घडीमा अमेरिकाले साथ दिंदै ३६ लाख डलर भन्दा बढीको जीवनरक्षक मानवीय सहायता उपलब्ध गराउने जनाएको हाे।
३ महिनाका लागि १० हजार बाढी-पीडितलाई खाद्य सामग्री उपलब्ध गराइने जारी विज्ञप्तिमा भनिएकाे छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया