चीनतर्फ ताल फुट्यो, स्याफ्रुबेसी आइपुग्यो बाढी

110 Shares

काठमाडौं । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम क्षेत्रमा बनेको ठूलो ताल फुटेपछि आएको बाढी रसुवाको स्याफ्रुबेसीमा आइपुगेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार दिउँसो १२ बजेर ३१ मिनेटमा भोटेकोशी नदीको बाढी स्याफ्रुबेसीमा आइपुगेको हो ।

बाढीका कारण त्रिशूली नदीको तटीय क्षेत्रमा समेत जोखिम बढेको भन्दै महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाले त्रिशूली नदीको तटीय क्षेत्र मुग्लिनसम्मै अर्को सूचना जारी नभएसम्म उच्च सतर्कताका साथ सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।