बाढीग्रस्त क्षेत्रमा उद्धारका लागि २० हेलिकोप्टर तयारी अवस्थामा

7 Shares

काठमाडौं । बाढीग्रस्त क्षेत्रमा थप उद्धारका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित रेस्क्यु कोअर्डिनेसन सेन्टर (RCC) मार्फत २० वटा हेलिकोप्टर तयारी अवस्थामा राखिएको छ ।

रेस्क्यु कोअर्डिनेसन सेन्टरका अनुसार आज बिहान ६ः३० बजेदेखि नै तत्काल परिचालन गर्न सकिने गरी हेलिकोप्टरहरू तयारी अवस्थामा राखिएका हुन् । बाढी प्रभावित क्षेत्र आसपास थप १० वटा हेलिकोप्टर परिचालन भइरहेका छन् ।

प्रधानमन्त्री कार्यालयस्थित हटलाइन सेन्टर, गृह मन्त्रालय तथा विभिन्न माध्यमबाट प्राप्त उद्धारसम्बन्धी सूचनाका आधारमा उद्धार तथा राहत आवश्यक पर्ने स्थानको प्राथमिकता निर्धारण गरिनेछ ।

सोही प्राथमिकताका आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) को निर्देशनअनुसार हेलिकोप्टर परिचालन गरिने जनाइएको छ ।

आपत्कालीन उद्धार तथा राहत आवश्यक पर्ने स्थानबारे सूचना भए सेतु प्रणालीमार्फत रिपोर्ट गर्न आग्रह गरिएको छ ।