रसुवा बाढी प्रभावितलाई १८ करोड ९६ लाख बढी सहयोग गर्ने आईएफआरसीकाे घोषणा

27 Shares

एजेन्सी। रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी) ले तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको भीषण बाढी प्रभावितको खोज तथा उद्धार र पुनःस्थापनाका लागि तत्काल १८ करोड ९६ लाख २२ हजार (१२ लाख अमेरिकी डलर) सहयोग गर्ने भएको छ ।

रेडक्रसको स्वयंसेवक आपत्कालीन प्रतिकार्य टोलीमार्फत सक्रिय भएर प्रभावित क्षेत्रमा तत्काल खोज, उद्धार तथा राहत वितरण कार्यमा जुटिसकेकाे भन्दै आईएफआरसीले विपद् प्रतिकार्यमा निरन्तर जुट्न आग्रह गरेको हाे ।

आईएफआरसीका महासचिव जगन चापगाईंले भोटेकोसी बाढीको विपद् प्रतिकार्यलाई सुदृढ बनाउँदै तत्काल मानवीय सहायता पुर्‍याउन आर्थिक सहयोग प्रदान गरिएको जानकारी दिनुभयाे।