काठमाडौं । टप एण्ड टी-२० सिरिजको आफ्नो चौथो खेलमा नेपाल ‘ए’ले बुधबार अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) विरुद्ध प्रतिस्पर्धा गर्दैछ।
खेल डार्विनस्थित मारारा क्रिकेट मैदानमा बुधबार दिउँसो सवाँ ३ बजेदेखि शुरु हुने भएकाे हाे। नेपालले तीन खेलबाट एक जित र दुई हारसहित दुई अंक जोडेको छ । एसीटीले भने तीनै खेल गुमाएको हाे। लगातार दोस्रो जितको लक्ष्यामा रहेको नेपालले यस अघि नर्दन टेरिटोरी स्ट्राइकसँग ८ र बंगलादेश हाइ प्रफर्मेन्स टिमसँग ९ विकेटको फराकिलो अन्तरले हार व्यहोरेको थियो।
पछिल्लो खेलमा होबर्ट हुरिक्यान्स एकेडेमीलाई ३९ रनले पराजित गरेको नेपाल एसीटीविरुद्व उच्च मनोबलका साथ मैदान उत्रिने भएकाे छ । पहिलो जितको लक्ष्यमा रहेको एसीटीले भने यसअघि किंग्समेन एकेडेमीसँग ६, न्युजिल्यान्ड ‘ए’सँग ८ र नर्दन टेरिटोरीसँग ६ विकेटको हार व्यहोरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया